मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

ए डिभिजन लिगमा आज दुई खेल हुँदै

आइतबार, २८ फागुन २०७९, ०९ : १७
आइतबार, २८ फागुन २०७९

काठमाडौँ । शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत आज दुई खेलहरू हुँदैछन् । लिगको तेस्रो चरण अन्तर्गत आज एन्फा कम्प्लेक्स सातदोबाटो र  च्यासल मैदानमा एक एक खेल हुनेछ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने खेलमा मनाङ मर्स्याङ्दी क्लब र मच्छिन्द्र फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । मनाङ र मछिन्द्रबीचको खेल दिउँसो २ः३० बजे सुरु हुनेछ । 

यस्तै च्यासल मैदानमा न्युरोड टिम एनआरटी र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ । यो खेल पनि दिउँसो २ः३० बजे सुरु हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप