मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

उपाधितर्फ लम्किँदै नापोली

आइतबार, २८ फागुन २०७९, १० : ०३
आइतबार, २८ फागुन २०७९

नोपाली । गत हप्ता लाजियोसँग पराजित भएको नापोलीले शनिबार एटलान्टालाई हराउँदै इटालियन सिरिए ए को उपाधितर्फको यात्रालाई जारी राखेको छ । शीर्ष स्थानमा रहेको नापोली २–० गोलले विजयी भएको हो ।

पहिलो हाफमा एटलान्टाले नापोलीलाई रोके पनि दोस्रो हाफमा ख्भीचा क्भारात्स्खेलिया र अमिर राहमानीले गोल गर्दै टोलीको जीत सुनिश्चित गरे । 

लिगमा नापोलीको यो २२ औँ जीत थियो । जीतसँगै १२ खेल बाँकी छँदा नापोली १८ अंकले अघि रहेको छ । एटलान्टा भने लिगको छैटौँ स्थानमा सीमित रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप