मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

ब्याजदर घटाउन माग गर्दै सडक आन्दोलनमा उद्योगी व्यवसायी

आइतबार, २८ फागुन २०७९, १० : ५८
आइतबार, २८ फागुन २०७९

बैंकको चर्को ब्याजदरलाई एकल अङ्कमा झार्न माग गर्दै आजदेखि उद्योगी व्यवसायीले आन्दोलन सुरु गरेका छन् । देशभरका करिब १०० वटा व्यवसायी सङ्गठन मिलेर आज ११ बजेदेखि आन्दोलन सुरु गर्ने भएका हुन् ।

माइतीघर मण्डलामा सडकमै उत्रिएर ब्याजदर घटाउन माग गर्दै आन्दोलन गर्न लागेको मोरङ उद्योग सङ्गठनका अध्यक्ष नवीन रिजालले जानकारी दिए । उनले दिउँसो १ बजेसम्म माइतीघरमा धर्ना दिइने जानकारी दिए ।

उद्योगी व्यवसायीले चर्को ब्याजदर घटाउने माग गर्दै आन्दोलन गरिरहेका छन् । उनीहरुले चर्को ब्याजका कारण उद्योग व्यवसाय सञ्चालन गर्न नसकिने अवस्था सृजना भएकाले एकल अङ्कमा ब्याज रहनुपर्ने माग गर्दै आइरहेका छन् ।

यसअघि यही फागुन ५ गते पनि उद्योगी व्यवसायीले माइतीघरमा सडक प्रदर्शन गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप