नेपालले छैटौं विकेट गुमायो
आइतबार, २८ फागुन २०७९, १२ : ४३
काठमाडौँ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत घरेलु मैदानमा जारी त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले यूएईविरुद्ध छैटौं विकेट गुमाएको छ । त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालका आरिफ शेख ४३ औं ओभरको दोस्रो बलमा ४३ रन बनाएर आउट भएका छन् ।
उनलाई यूएईका रोहन मुस्तफाले क्याच आउट गराए । नेपालले ४३ ओभरको समाप्तिमा ६ विकेट गुमाएर १९२ रन बनाएको छ ।