ललितले लिए दोस्रो विकेट, नेपाललाई तेस्रो सफलता
आइतबार, २८ फागुन २०७९, १४ : ०९
काठमाडौँ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत घरेलु मैदानमा जारी त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले यूएईविरुद्ध तेस्रो सफलता हात पारेको छ । त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको २४९ रनको लक्ष्य पछ्याएको यूएईले पाँचौं ओभरमा आफ्नो तेस्रो विकेट गुमाएको हो ।
नेपालका ललित नारायाण राजवंसीले तेस्रो विकेट लिएका हुन् । उनले पाँचौं ओभरको चौथो बलमा यूएईका मोहमद वसिमलाई १ रनमा आउट गराए । यसअघि नेपालका लागि दिपेन्द्र सिंह ऐरीले दोस्रो विकेट लिएका थिए ।