सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

विस्तारै दृष्टि गुम्दै गएको छ भने हुन सक्छ जलबिन्दु

आइतबार, २८ फागुन २०७९, १५ : ३९
आइतबार, २८ फागुन २०७९

काठमाडौं । के तपाईँको आँखाको दृष्टि घट्दै गएको अनुभूति हुन्छ ? यस्तो भएको छ भने कतै जलविन्दु त भएको होइन भनेर शंका गर्नुपर्छ । जलविन्दु हुँदा विस्तारै दृष्टि हराउँदै गएर बिरामीले दृष्टिमा भएको परिर्वतन याद गर्न नसक्ने आँखा रोग विशेषज्ञहरू बताउँछन् । निम्न समस्या भएमा बेलैमा सचेत हुनुपर्ने आँखा रोग विशेषज्ञ डाक्टर सञ्जिव भट्टराई बताउँछन् ।

–उज्यालो बत्ती वा प्रकाशसँग संवेदनशीलता हुन गएमा

–सामानहरू नदेखेर ठोक्किन गएमा

–सवारी साधन चलाउन नसकिएमा

–हेर्न पढ्न समस्या उत्पन्न भएमा 

जलविन्दुको जोखिममा यस्ता व्यक्ति पर्न सक्छन्

–आँखामा चाप बढी भएमा

–परिवारमा अरु कसैलाई जलविन्दु भएमा

–लामो समयसम्म स्टेरोइड नामक औषधि प्रयोग गर्नेमा

–४० वर्षभन्दा माथिका व्यक्तिमा

–मधुमेह र थाइरोइड सम्बन्धी रोग भएमा

समयमा नै जलबिन्दु पत्ता लगाउन सकेमा उपचार प्रभावकारी हुने चिकित्सकहरुको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप