मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

मिल्स गोल्डकप : सिराहाको प्रतिभा फुटबल क्लब सेमिफाइनलमा

आइतबार, २८ फागुन २०७९, १९ : ३५
आइतबार, २८ फागुन २०७९

विराटनगर । साबिक विजेता प्रतिभा फुटबल क्लब गोलबजार सिराहा विराटनगरमा जारी तेस्रो संस्करणको मिल्स गोल्डकपको सेमिफाइनलमा पुगेको छ । मिल्स गोल्डकप फुटब ट्रष्टको आयोजनामा विराटनगर जुटमिलको खेलमैदानमा आइतबार भएको खेलमा द सेभेन युथ क्लब धनकुटलाई २–१ गोलले हराउँदै सिराहा सेमिफाइनलमा पुगेको हो । 

जितको लागि सिराहका सिद्धार्थ लामा र विश्वास राईले गोल गरे । सान्तवना गोल धनकुटाका सन्दिप लिम्बुले फर्काए । धनकुटाविरुद्ध सिराहाका खेलाडीले सुरुदेखि नै लगातार आक्रामक शैली अपनाए पनि पहिलो गोल गर्न २७ मिनेट कुर्नुप¥यो । उद्धव घलेले निकालिएको क्रस पासलाई सिद्धार्थ लामाले गोल गरी सिराहलाई अग्रता दिलाए । केही आकर्षक र प्रतिस्पर्धात्मक देखिएको खेलको पहिलो हाफमा सिराहा अब्बल रह्यो । 

दोस्रो हाफदेखि धनकुटाले सुधारिएको खेल पस्कियो । ४२ औं मिनेटमा धनकुटाका सन्दिप लिम्बुले गोल गरी खेल बराबरीमा ल्याएका थिए । सिद्धार्थ लामाले ५८ औं मिनेटमा हानेको बल क्रसबारमा लागेर बाहिरिँदा धनकुटाको संकट टरेको थियो ।

६० औं मिनेटमा विश्वास राईको वान भर्सेस वानको प्रहार गरेको बल पोस्टमाथिबाट बाहिरिँदा धनकुटाले अग्रता दोब्बर पार्ने अवसर गुमाएको थियो । 

थप गरिएको इन्जुरी समयको दुई मिनेटमा सिराहाका विश्वसा राईले गोल गरी टिमको जित सुनिश्चत गरेका थिए । निर्णायक गोल गर्ने सिराहाका विश्वास राई म्यान अफ द म्याच घोषित भए । सोमबारको खेल आयोजक साइनो स्पोर्टस क्लब रानी विराटनगर र सहलेस युवा क्लब सिराहाबीच हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप