सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

नर्दन मारियानालाई हराउँदै नेपाल दोस्रो चरणमा

आइतबार, २८ फागुन २०७९, २१ : ०९
आइतबार, २८ फागुन २०७९

काठमाडौँ । नेपाल एएफसी यू-२० महिला एसियन कप छनोटको दोस्रो चरणमा प्रवेश गरेको छ ।

प्यालेस्टाइनमा भएको पहिलो चरणको छनोट अन्तर्गत समूह 'बी' को विजेता बन्दै नेपालले दोस्रो चरणको यात्रा तय गरेको हो।

फैजल अल हुसेनी अन्तराष्ट्रिय रंगशालामा आइतबार भएको दोस्रो तथा अन्तिम खेलमा नेपालले नर्दन मारियाना आइल्याण्डलाई ६-० ले पराजित गरेको छ ।

नेपालको जितमा दिपा शाही र सारा बज्राचार्यले दुई दुई गोल गरिन् । सरस्वती हमाल र जेनिफर रानाले एक एक गोल गरिन् ।

नेपालले पहिलो हाफमा ५ र दोस्रो हाफमा एक गोल गरेको थियो । 

 जितसँगै समूह 'बी' को नेपालले २ खेलमा ६ अंक जोडेर  नेपाल अपराजित रहँदै शीर्ष स्थानमा रहँदै दोस्रो चरणमा पुगेको हो ।

छनोट अन्तर्गत नेपालले पहिलो खेलमा आयोजक प्यालेस्टाइनलाई ६-० गोल अन्तरले हराएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप