आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

इतिहास रच्दै 'नाटु-नाटु' लाई ओस्कर अवार्ड

सोमबार, २९ फागुन २०७९, ०९ : ४१
सोमबार, २९ फागुन २०७९

लस एन्जिलस । निर्देशक एसएस राजामौलीको फिल्म आरआरआरको गीत ‘नाटु–नाटु’ ले ‘बेस्ट ओरिजिनल गीत’ विधामासन् २०२३ को ओस्कर अवार्डजितेको छ । 'नाटु-नाटु' ओस्कार जित्ने पहिलो भारतीय उत्पादनको गीत हो।

गीत संगीतकार एमएम किरावाणीले अवार्ड जितेपछि एकेडेमी अवार्डलाई धन्यवाद दिए । यसअघि भारतको ‘द एलिफन्ट व्हिस्पर्स’ ले उत्कृष्ट वृत्तचित्र सर्ट फिल्मको लागि ओस्कार अवार्ड जितेको थियो।

ओस्कार अवार्डको स्टेजमा नाटु–नाटु गीत पनि प्रस्तुत गरिएको थियो, जसलाई दर्शकले निकै रुचाएका थिए । यसबाहेक निर्देशक शौनक सेनले बनाएको डकुमेन्ट्री ‘अल दैट ब्रेथ्स’ उत्कृष्ट डकुमेन्ट्री फिचर फिल्म विधामा अवार्डबाट वञ्चित भयो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप