सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

आँखा रातो छ ? हुन सक्छ खतरनाक

सोमबार, २९ फागुन २०७९, ११ : २६
सोमबार, २९ फागुन २०७९

काठमाडौँ । आँखा रातो हुनुलाई सामान्य मान्नु हुँदैन । आँखा रातो भएर समयमै उपचार हुन नसकेमा दृष्टिसमेत गुम्न सक्ने दृष्टि विशेषज्ञ डाक्टर सञ्जीव भट्टराई बताउँछन् । डाक्टर  भट्टराई यस्तो समस्या भएमा तत्काल अस्पताल जान सुझाव दिन्छन् ।
लक्षणहरुः

–आँखाबाट  पीप जस्तो कचेरा आउने हुन्छ ।

–घाममा वा उज्यालोमा हेर्दा निकै गाह्रो वा अप्ठ्यारो हुन्छ ।

–आँखाको गेडी दुख्ने हुन्छ ।

–प्रायः दृष्टि क्षमतामा कमी आउँछ ।

–बाहिरी नानी धमिलो वा फुलो परेको हुन सक्छ ।

–आँखाका भित्री कालो नानी प्रकाशमा नखुम्चने, नफुक्ने र सामान्यभन्दा ठुलो वा सानो देखिने हुन सक्छ, यस्तोमा  थप उपचार गर्नुपर्छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप