कुशलले दिलाए नेपाललाई नवौं सफलता
सोमबार, २९ फागुन २०७९, ११ : ४०
काठमाडौँ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको तेस्रो खेलमा नेपालले पपुवा न्युगिनी (पीएनजी) विरुद्ध नवौं सफलता हात पारेको छ । त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले बलिङ गरेको नेपालले ३१ औं ओभरमा नवौंं विकेट लिएको हो ।
नेपालका लागि कुशल मल्लले ३१ औं ओभरको तेस्रो बलमा काबुआ मोरेयालाई १ रनमा क्याच आउट गराए ।
यसअघि नेपालका लागि सन्दीप लामिछानेले ३० औं ओभरको पाँचौं बलमा हिला भारेलाई ७ रनमा बोल्ड आउट गरेका थिए ।