आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

ओस्कार २०२३ : ‘दुई महिलाले गरेर देखाए’

सोमबार, २९ फागुन २०७९, १३ : ४०
सोमबार, २९ फागुन २०७९

ओस्कार २०२३ भारतका लागि विशेष रह्यो । भारतले दुई वटा विशेष अवार्ड पाएको छ । पहिलो उपाधि ‘द एलिफेन्ट व्हिस्पर्स’ ले पायो जसले बेस्ट डकुमेन्ट्री शर्ट फिल्म क्याटगोरीमा ओस्कार अवार्ड दिइएको छ । 

यो चलचित्रले मानिस र हात्तीबीचको माया र स्नेहलाई देखाएको छ । फिल्मलाई कार्तिकी गोन्साल्वेसले निर्देशन गरेका हुन् भने गुनीत मोंगाले निर्माण गरेकी हुन् ।

यो जितपछि गुनीत मोंगाले पहिलो ट्विटमा लेखेकी छिन्, ‘हामीले कुनै भारतीय फिल्मका लागि पहिलो ओस्कार पुरस्कार जितेका छौँ । दुई महिलाले यो गरेर देखाए । म अहिलेसम्म काँपिरहेकी छु ।’

त्यसपछि गुनीतले भनिन्, ‘आजको रात ऐतिहासिक छ किनभने यो भारतीय फिल्मको लागि पहिलो ओस्कार पुरस्कार हो ।’

‘धन्यवाद आमाबुवा, यो कहानी बुनेकोमा मेरा सह(निर्माता अचिन जैन, टिम सिखया, नेटफ्लिक्स, सराफिना, मेरो प्यारो पति सन्नी र कार्तिकीलाई धन्यवाद । ती महिला जो आजको पलको साक्षी बनिरहेका छन्, ती सबैलाई यो भन्न चाहन्छु कि भविष्य उज्ज्वल छ, भविष्य यही हो । ’

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप