मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

एसएमएल इसुजुको कमर्शियल गाडीहरूको फ्री सर्भिस क्याम्प सुरु

सोमबार, २९ फागुन २०७९, १५ : ५१
सोमबार, २९ फागुन २०७९

काठमाडौँ । लक्ष्मी ग्रुप अन्तर्गतको लक्ष्मी कमर्सियल भेहिकल प्रालिले एसएमएल इसुजु गाडीको फ्री सर्भिस क्याम्प सुरु गरेको छ । कम्पनीले सोमबारदेखि फ्री सर्भिस क्याम्प सुरु गरेको हो । फागुन २९ गते देखि सुरु भएको फ्री सर्भिस क्याम्प आगामी चैत्र ४ गतेसम्म ६ दिन चल्ने कम्पनीले जनाएको छ । 

क्याम्पमा एसएमएल र इसुजुका कमर्सियल गाडीहरू विना शुल्क सर्भिसिङ्ग गर्न सकिन्छ । लक्ष्मी ग्रुप अन्तर्गतको लक्ष्मी कमर्शियल भेहिकलस् प्रालिले नेपालमा एसएमएल इसुजुका कमर्सियल गाडीहरूको आधिकारिक वितरकको रूपमा कार्य गर्दै आएको छ । यसले भारतको चण्डिगढमा अवस्थित एसएमएल इसुजुको कारखानाबाट उत्पादित गाडीहरू नेपालमा आयात गरी नेपालको बजारमा बिक्री वितरण गर्ने र उक्त गाडीहरूलाई बिक्री पछिको सेवा पनि दिँदै आएको छ । 

एसएमएल इसुजुले १४ सिट क्षमता देखि ५५ सिट क्षमतासम्मका  स्कुल बसहरु, स्टाफ बसहरु तथा ३ टन देखि ९ टन क्षमताका ट्रकहरू देखि ३ देखि ६ क्युबिक मिटर क्षमताका टिपर ट्रकहरू उत्पादन गर्ने गर्दछ । मजबुत बनावट र इन्धन किफायती भएका कारण एसएमएल इसुजुका गाडीहरू नेपालमा ग्राहकहरुको रोजाइमा पर्न सफल भएका छन् । 

SML Sales Team

लक्ष्मी ग्रुप सन् १९७३ मा स्थापित प्रतिष्ठित औद्योगिक तथा व्यापारिक घराना हो । लक्ष्मी ग्रुप हुण्डाईका प्यासेन्जर कारहरू, बिएमडब्लुका कारहरूको नेपालको एक मात्र आधिकारिक बिक्रेता हो । लक्ष्मी ग्रुपले नै हिरो इलेक्ट्रिकका टु हिव्लर स्कुटरहरू र एसएमएल इसुजुका कमर्शियल गाडीहरूको आधिकारिक वितरक भई कार्य गरी आएको छ । 

कम्पनीले गुर्जु धारामा रहेको आफ्नो सर्भिस सेन्टर र नेपालका विभिन्न क्षेत्रमा रहेका आफ्ना वर्कसप तथा अथोराइज्ड वर्कसपहरू मार्फत बिक्री पछिको मर्मत सम्भार तथा स्पेयर पार्टसको सुविधा दिँदै आएको छ । 

SML Service Camp

फ्री सर्भिस क्याम्पमा के के पाइन्छ सुविधा ?

 अगाडि बम्पर देखि पछाडि बम्पर सम्म गाडीका सबै पार्टपुर्जाको १०० प्रतिशत फ्रि चेकजाँच गरिने । 

-सामान्य मर्मत सम्भारमा लाग्ने लेबर चार्जमा पनि १०० प्रतिशत छुट दिइने । 

 -विशिष्टीकृत मर्मत सम्भारमा लाग्ने लेबर चार्जमा ५० प्रतिशतसम्मको छुट दिइने । 

 -लुब्रिकेन्टहरुमा १५ प्रतिशतको छुट उपलब्ध गराइने । 

 -स्पेयर पार्टसहरुमा ५० प्रतिशतसम्मको छुट सुविधा । 

-साथै, फ्री सर्भिस क्याम्पमा आउने ग्राहकहरू तथा चालकहरूको लागि विशेष गिफ्टहरू प्रदान गरिने छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप