आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

स्वदेशी र विदेशी आयुर्वेद उद्योगहरूलाई सम्पर्कमा आउन विभागको निर्देशन

सोमबार, २९ फागुन २०७९, १६ : ०५
सोमबार, २९ फागुन २०७९

काठमाडौँ । औषधि व्यवस्था विभागले दर्ता भई सञ्चालन रहेका आयुर्वेद औषधि उद्योगलाई कारबाहीको दायरामा ल्याउने भएको छ । विभागले सोमबार सूचना जारी गरी स्वदेशी र विदेशी उद्योगहरूलाई सम्पर्कमा आउन निर्देशन दिएको हो ।  

कम्पनी प्रोफाइलको एकप्रति सर्फट र एकप्रति हार्डकपीसहित व्यवस्था विभागमा ३५ दिनभित्र उपलब्ध गराउन विभागले निर्देशन दिएको छ । 

सञ्चालनमा नरहेका उद्योगहरूले आ–आफ्नो उद्योग सञ्चालन गर्ने नसकेको कारणसहित निवेदन दिन सूचनामार्फत निर्देशन  गरिएको छ । यद्यपि विभागको दर्ता किताबमा १९६ औषधि उद्योगहरू रहे पनि सञ्चलन हुने उद्योगको सङ्ख्या न्यून रहेको विभागले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप