मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

बार्साले रेफ्री किनेको आरोप, एथ्लेटिक फ्यानले उडाए नक्कली पैसा

सोमबार, २९ फागुन २०७९, १६ : ४७
सोमबार, २९ फागुन २०७९

बिल्बाओ । एथ्लेटिक बिल्बाओका समर्थकले स्टेडियममा नक्कली नोट उडाउँदै पैसा दिएर रेफ्री खरिद गरेको आरोप लागेको बार्सिलोनालाई गिज्याएको छ । आइतबार राति सान माम्समा भएको खेलमा उनीहरुले बार्साको ब्याज रहेको तथा ‘माफिया’ र डलरको संकेत भएको नक्कली नोट स्टेडियममा उडाएका हुन् ।

टेक्निकल कमिटी अफ रेफ्री (सीटीए) का पूर्व उपाध्यक्ष जोसे मारिया एनरिकेलाई रकम प्रदान गरेको विषयमा बार्सामाथि अनुसन्धान हुँदैछ । क्लबले एनरिकेलाई सन् २००१ देखि २०१८ को बीचमा ७४ लाख डलर उपलब्ध गराएको थियो । 

अभियोजकले यसबारे अनुसन्धान गरिरहेको छ । बार्सिलोनाका अध्यक्ष जोआन लापोर्टाले भने आफ्नो क्लब निर्दोष भएको बताएका छन् ।-गोलडटकम

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप