आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

चितवनका क्याम्पसमा लगाइएको ताला प्रहरीले तोड्यो

मङ्गलबार, ३० फागुन २०७९, १० : २७
मङ्गलबार, ३० फागुन २०७९

चितवन । स्ववियू निर्वाचनलाई अवरोध हुने गरी विभिन्न विद्यार्थी सङ्गठनले लगाएको ताला प्रहरीले तोडेको छ ।

जिल्ला प्रशासन कार्यालयले चितवनका क्याम्पसहरूमा लगाइएको ताला फोड्ने निर्देशन दिएको भोलिपल्ट मंगलबार बिहान प्रहरीले ताला तोड्न सुरु गरेको हो ।

चितवन प्रहरीका  डीएसपी तथा प्रवक्ता डीएसपी विजयराज पण्डितका अनुसार मंगलबार बिहानसम्म विभिन्न ११ वटा क्याम्पसमा लगाएको ताला तोडिएको छ ।

जसअनुसार भरतपुरका सप्तगण्डकी, वीरेन्द्र क्याम्पसलगायतका  छन् । चितवनका अन्य क्याम्पसहरूको पनि ताला तोडेर स्ववियु निर्वाचनलाई सहज बनाउने कार्य गरिएको पण्डितले जानकारी दिए । 

चितवन जिल्ला प्रशासनले चितवनका सम्पूर्ण क्याम्पसमा तोकिएकै मितिमा स्ववियु निर्वाचन गर्न क्याम्पस प्रशासनहरूलाई समेत ताला तोडेर निर्वाचन प्रक्रिया सहज बनाउन अनुरोध गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप