लुम्बिनी प्रदेशमा निमा गिरी कांग्रेसको सचेतक नियुक्त
मङ्गलबार, ३० फागुन २०७९, ११ : ३८
बुटवल । नेपाली कांग्रेस लुम्बिनी प्रदेशको सचेतकमा निमा गिरीलाई नियुक्त गरिएको छ। कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलको नेता डिल्लीबहादुर चौधरीले गिरीलाई सचेतक नियुक्त गरेको जानकारी दिएका हुन् ।
प्युठान जिल्ला निवासी गिरीसँगै दलको नेतामा धेरैले सो पदमा आकाङ्क्षा देखाएका थिए । यसअघि प्रमुख सचेतकमा जन्मजयन तिमसेनालाई संसदीय दलले जिम्मेवारी दिएको थियो । लुम्बिनी प्रदेशसभामा नेपाली कांग्रेसका प्रत्यक्षमा १७ र समानुपातिकमा १० गरी २७ जना सांसद रहेका छन् ।