सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

बैङ्किङ कसुर मुद्दामा २१ लाख जरिवाना तोकिएका फरार पक्राउ

मङ्गलबार, ३० फागुन २०७९, ११ : ४८
मङ्गलबार, ३० फागुन २०७९

काठमाडौँ । बैङ्किङ कसुर मुद्दामा २१ लाख जरिवाना तोकिएका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक लिसंखु गाउँपालिका–४ मिजारटोल घर भएर भक्तपुर बस्ने ३२ वर्षीय विनोद लामा छन् ।

प्रतिवादी लामालाई सूर्यबिनायकबाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ । उच्च अदालत पाटन २०७८ पुस २२ मा उनलाई ७ दिन कैद र २१ लाख जरिवाना हुने ठहर गरेको थियो । 

उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत ललितपुरमा पेस गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप