मुर्रेको आँखा विम्बेल्डनमा
सोमबार, १९ असार २०७४, १४ : ५२
लण्डन – ब्रिटेनका एण्डी मुर्रे सेन्टर कोर्टमा सोमबार हुने १३१आँै विम्बेल्डन च्याम्पियनसीपमा नयाँ इतिहास कोर्ने दाउमा छन् ।
स्कटल्याण्डका ३० वर्षीय मुर्रेले पहिलो खेलमा विपक्षीका रुपमा काजकिस्तानका एलेक्जेण्डर बुबलीकसँग प्रतिस्पर्धा गर्ने छन् ।
कम्मरको चोटबाट अहिले राहत पाएका मुर्रे तथा बेलायतका नम्बर एक जोहान्ना कोन्टा लगायत भेनस विलियम्स र राफेल नाडाल पनि विम्वल्डनको उपाधिको लागी भिड्ने छन् ।
पूर्व महिला च्याम्पियन सेरेना विलियम्स भने गर्भवति भएकी हुनाले अनुपस्थित रहने छिन् ।