सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

ए डिभिजन लिग : आर्मी र एपीएफ भिड्दै

बुधबार, ०१ चैत २०७९, ०९ : ३५
बुधबार, ०१ चैत २०७९

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत आज (बुधबार­) दुई खेलहरु हुँदैछन् । आज हुने पहिलो खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लब र अर्काे विभागीय टोली एपीएफबीच प्रतिस्पर्धा हुनेछ ।

दुई टोलीहरुबीचको खेल च्यासल मैदानमा दिउँसो २ः३० बजे सुरु हुनेछ । लिगमा तीन खेल खेलको आर्मी ५ अंक जोडेर छैटौं स्थानमा रहेको छ । एपीएफ ३  खेलमा ४ अंक जोडेर नवौं स्थानमा छ ।

आज हुने खेलमा न्युरोड टिम (एनआरटी) र मनाङ मर्स्याङ्दी क्लबबीच प्रतिस्पर्धा हुनेछ । दशरथ रंगशालामा हुने दुई टोलीचको खेल साँझ ५ः३० बजे सुरु हुनेछ । पहिलो जितको खोजिमा रहेको एनआरटीले ३ खेलमा १ अंक जोडेर १३ औं स्थानमा छ  । मनाङ ३ खेलमा ५ अंक जोडेर आठौं स्थानमा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप