आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सिराहा छुवाछुत घटना : मानव अधिकार आयोगद्वारा सोधपुछ सुरु

बुधबार, ०१ चैत २०७९, १० : ३६
बुधबार, ०१ चैत २०७९

सिराहा । सिराहाको भगवानपुर गाउँपालिकामा दलित समुदायलाई छुवाछुत गरिएको घटनाको स्थलगत छानबिन गर्न आएको राष्ट्रिय मानव अधिकार आयोगको टोलीले अनुसन्धान सुरु गरेको छ ।

गाउँपालिकाका अध्यक्ष उग्र नारायण यादवको आमाको शुद्धि भोजमा छुवाछुत भएको घटना सार्वजनिक भए पछि अनुसन्धान गर्न आएको टोलीले अनुसन्धान सुरु गरेको हो । मधेस प्रदेशको राष्ट्रिय मानव अधिकार आयोगको कार्यालयकी अधिकृत मञ्जु खतिवडाको नेतृत्वमा स्थलगत छानबिन गर्न टोली सिराहा आएको छ ।

आयोगको टोलीले पहिलो चरणमा सिराहाका प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडा र जिल्लाका प्रहरी प्रमुख टेकुनन्द इवा लिम्बुसँग सोधपुछ गर्नेछ भने  दोस्रो चरणमा भोज स्थलमा गएर पीडित दलितहरूसँग सोधपुछ गरी घटनाबारे सत्य तथ्य सङ्कलन गर्नेछ । 

खतिवडाका अनुसार जिल्लामा रहेका दलित तथा मानव अधिकारकर्मी र अन्य देखि जान्ने व्यक्तिहरूसँग पनि सत्य तथ्य बुझ्ने कार्य हुनेछ भने भोजमा पोस्टर झुन्ड्याएर र माइकिङ गरेको जान्दाजान्दै भोज खाने जनप्रतिनिधि र प्रशासन प्रमुखहरूसँग समेत सोधपुछ गरिनेछ।

मानव अधिकार हैनन् गर्नेहरूको नाम तोक्ने, कसुरको मात्रा निर्क्योल गर्ने, लज्जित गर्ने र दण्डनीय कारबाहीको गरिने अधिकृत खतिवडाले बताइन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप