मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

पीएनजीले युएईलाई दियो २३५ रनको लक्ष्य

बुधबार, ०१ चैत २०७९, १३ : ३४
बुधबार, ०१ चैत २०७९

काठमाडौँ । आईसीसी विश्वकप लिग–२ को आफ्नो अन्तिम खेलमा पपुवा न्युगिनी (पीएनजी) ले युएईलाई जितका लागि २३५ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पीएनजीले ५० ओभरमा ७ विकेट गुमाएर २३४ रन बनाएयो ।

 पीएनजीका लागि कप्तान असद भालाले ९२ बलमा ६५ रन बनाए । त्यस्तै नर्मन भानुवाले अविजित ४९ रन बनाउँदा चाल्र्स अमिनीले ४४ बलमा २२ रन बनाए । किप्लिन डोरिगाले २४ रन बनाए । पीएनजीका राईली हेरुकेले अविजित ३३ रन बनाए ।

युएईका लागि हर्जत बिलालले सर्वाधिक चार विकेट लिए । त्यस्तै  जावर फरिद र रोहन मुस्ताफाले समान १र१ विकेट लिए । पीएनजी आजको खेल जितेर विश्वकप लिग टू को यात्रा सुखद रुपमा समाप्त गर्न चाहान्छ ।  युएई पनि पीएनजी माथी फराकिलो जित निकाल्दै एकदिवसीय मान्यता कायम राख्ने कमजोर सम्भावना जिवितै राख्न चाहान्छ । 

पीएनजीले ३५ खेलमा ५ मा जित सहित पीएनजी ११ अंक जोडेर अंक तालिकाको पुछारमा छ।  युएईले ३४ खेलमा १४ मा जित सहित ३१ अंक जोडेर अंक तालिकाको पुछारमा छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप