मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

राष्ट्रिय फुटबल टिमको सहायक प्रशिक्षकमा प्रवेश कटुवाल नियुक्त

बुधबार, ०१ चैत २०७९, १६ : ०१
बुधबार, ०१ चैत २०७९

काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टिमको सहायक प्रशिक्षकमा प्रवेश कटुवाल नियुक्त भएका छन् । 

अखिल नेपाल फुटबल संघ ९एन्फा०ले ए डिभिजन लिग क्लब मछिन्द्र फुटबल क्लबका मुख्य प्रशिक्षक रहेका कटुवाललाई नेपाली राष्ट्रिय फुटबल टिमको सहायक प्रशिक्षकमा नियुक्त गरेको हो । 

उनलाई बुधबार सहायक प्रशिक्षकमा नियुक्त गरिएको एन्फाले जनाएको छ । कटुवालसँग राष्ट्रिय टिमको मुख्य प्रशिक्षकको अनुभवसमेत छ । 

गत कात्तिकमा भएको पाकिस्तानविरुद्धको मैत्रीपूर्ण खेलमा कटुवालले राष्ट्रिय टिमको मुख्य प्रशिक्षक भूमिका निर्वाह गरेका थिए । 

एन्फाले विनोद डंगोललाई गोलकिपर प्रशिक्षक नियुक्त गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप