सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

बालिका बलात्कार प्रयास गरेको अभियोगमा दुई जना पक्राउ

बुधबार, ०१ चैत २०७९, १९ : ०२
बुधबार, ०१ चैत २०७९

अछाम । अछाममा बालिका बलात्कारको प्रयास गरेको अभियोगमा प्रहरीले दुई जना अटो चालकलाई पक्राउ गरेको छ ।

जिल्लाको साँफेबगर नगरपालिकामा अटो चलाउँदै आएका दुई जनालाई बालिकामाथि जबरजस्ती करणीको प्रयास गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

२८ फागुनमा बयालपाटा अस्पतालमा उपचार गर्न आएकी पञ्चदेवल विनायक नगरपालिकाकी १४ र १७ वर्षीया दुई दिदीबहिनीलाई जबरजस्ती करणीको प्रयास गरेको आरोपमा उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका अटो चालकहरूलाई पाँच दिनको म्याद थप गरी अनुसन्धान थालिएको प्रहरीको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप