विश्वकप क्रिकेट लिग–२ : नेपाल र युएई भिड्दै
बिहीबार, ०२ चैत २०७९, ०६ : २९
काठमाडौँ । विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज घरेलु टोली नेपालले अन्तिम खेल युएईसँग खेल्दैछ ।
त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरको खेल मैदानमा बिहानदेखि सुरु हुने खेल जितेर विश्वकप छनौट प्रतियोगितामा स्थान बनाउने लक्ष्यका साथ नेपाल मैदान प्रवेश गर्दैछ । यसअघि नेपालले युएईलाई दुई पटक पराजित गरिसकेको छ ।
यसअघि नेपालले दिएको २४९ रनको लक्ष्य पछ्याएको युएई २२।५ ओभरमा ७१ रन बनाउँदा अलआउट भएको थियो ।
घरेलु मैदानमा एक दिवसीय त्रिकोणात्मक सिरिजमा युएईमाथि सानदार जित निकाले पछि नेपालले आगामी ४ वर्षका लागि एक दिवसीय मान्यता जोगाई सकेको छ ।