बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

राशिअनुसार आजको आफ्नो भाग्य हेर्नुहोस्

बिहीबार, १७ फागुन २०७४, ०५ : ५३
बिहीबार, १७ फागुन २०७४

आजको राशिफल
बि.स.२०७४ फाल्गुन १७ गते । बिहिबार । ईश्वी सन् २०१८ मार्च ०१ तारिख । नेपाल सम्बत् ११३८ । साधारण संवत्सर । उत्तरायणं । शिशिर ऋतु । श्रीशाके १९३९ । फाल्गुन शुक्ल पक्ष । तिथि चतुदर्शी ०४ घडी २९ पला, बिहान ०८ बजेर १८ मिनेट उप्रान्त पुर्णिमा । नक्षत्र मघा ४३ घडी २४ पला,बेलुकी ११ बजेर ५२ मिनेट उप्रान्त पूर्वाफाल्गुनी । योग अतिगण्ड ०२ घडि ३३ पला,बिहान ७ बजेर ३२ मिनेट उप्रान्तद सुकर्मा । करण वणिज,बिहान ८ बजेर १९ मिनेट उप्रान्त भद्रा,बेलुकी ७ बजेर २२ मिनेट उप्रान्त वव । 

आनन्दादिमा मुशल योग । चन्द्रराशि सिंह । फागु पूर्णिमा। रात्रि चीरदाह गर्ने। पहाडी जिल्लामा होलीपर्व। थकालीहरूको तोरन्ल पर्व।
काठमाडौंमा सूर्योदय ६ बजेर ३१ मिनेट,सूर्यास्त बेलुका ६ बजेर ०३ मिनेट । दिनमान २८ घडी ५१ पला । 

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) माया प्रेममा नजिक हुँने समय रहेकोछ भने आत्मिय मित्रको साथ रहने हुँनाले महत्वपुर्ण उपलब्धि हासिल गर्न सकिनेछ । रमाईलो बाताबरणमा दिन बित्ने तथा एक अर्का सँग खुसि साट्दै छिछदन लाई रंगिन बनाउन सकिनेछ । आकस्मिक धन तथा सम्पति लाभ हुँने समय रहेकोछ । शेयर बजार तथा चिठ्ठाको व्यावसाय फस्टाएर जानेछ भने व्यापार व्यावसायमा लगानि गरि मनग्गे धन सम्पति कमाउँन सकिनेछ । 

शुभ अंक — १

शुभ रंग — रातो

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा) समयमा काम गर्न सकिने तथा जनताको काम समयमा सम्पन्न हुँने हुँदा सामाजिक पद प्रतिष्ठा पाईने योग रहेकोछ । अध्ययन अध्यापनमा समय दिए अनुशार राम्रो नतिजाको अपेक्षा गर्न सकिनेछ । आमा वा अग्रजको सुझाबलाई मनन गर्दै अगाडि बढ्दा गन्तब्य पहिल्याउँन सहज हुँनेछ । आमा तथा आमा सरहका मानिसबाट सहयोग पाईनेछ भने साथि हरुसँग रमाईलो बाताबरणमा दिनलाई व्यातित गर्न सकिनेछ ।

शुभ अंक — ३

शुभ रंग —  सेतो

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) साथिभाई सँग बढिनै रमाईलो गर्न खोज्दा नकरात्मक नतिजा आउनेछ । सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँने हुँनाले दैनिक कामकाज गर्न गाह्रो हुँनेछ । पढाई लेखाईमा ध्यान नजादा अरु भन्दा पछि परिनेछ । माया प्रेममा धोमा हुँनेछ भने पति पत्नि सँग मनमुटाब बढ्न सक्छ । दाजुभाई तथा छिमेकिसँगको सम्बन्धमा मनमुटाव सिर्जना हुँनेछ । खुट्टा तान्ने तथा कुरा काट्नेहरु सक्रिय रहनेछन् ।

शुभ अंक —३

शुभ रंग — हरियो

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) माया प्रेम गर्नेहरुले आफ्नो मन परेको मान्छेसँग बसेर समय ब्यातित गर्दा खुसि भएको महशुस गर्नेछन् । स्वास्थ्य आफ्नै काबुमा रहने हुँनाले नयाँ नयाँ काम गर्ने जोस जागर बढेर आउँनेछ । रमाईलो यात्राको तय हुँने तथा साथिभाई सँग रमाउन सकिनेछ । अध्ययन अध्यापनमा अरुलाई पछि पार्दै पुरस्कार तथा प्रशंसा पत्र जित्न सकिनेछ । मिठो बोलेर अरुको मन आफुतिर आकर्षित गर्न सकिनेछ ।

शुभ अंक — ४

शुभ रंग — सेतो

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) समय र परिस्थितिको राम्रो सँग अध्ययन गरेर काम कामहरु थालनि गर्नुहोला अरुको सल्लाह तथा सुझाब मान्दा व्यापार व्यावसायमा लगानि फस्ने योग रहेकोछ । भौतिक सम्पति तथा बिलाशि बस्तुको प्रयोग गर्दा ध्यान दिनुहोला । घर परिवार तथा आफन्त जनसँग मनमुटाब बढ्ने योग रहेकोछ । खादा वा रमाईलो गर्दा ध्यान दिनुहोला समय मध्ययम रहेकोछ ।

शुभ अंक —६

शुभ रंग —  कफि

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पा) लामो दुरिको बैदेशिक यात्राको तय गर्न सकिनेछ भने बिदेशमा श्रम गर्नेहरुले मनग्गे धन तथा सम्पति जोड्न सक्नेछन् । व्यापार व्यावसाय फस्टाएरु जानेछ भने बिदेशमा उत्पादित सामानको व्यापार बाट भनेजस्तो नाँफा कमाउँन सकिनेछ । अध्ययनमा मन सुधार हुँदै जानेछ भने आफन्त तथा सहयोगिहरुको सहयोगले शरिरमा थप उर्जा बढ्नेछ । रमाईलो बाताबरणमा साथिहरु सँग रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ ।

शुभ अंक — ३

शुभ रंग  — निलो

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) साथिभाई तथा नाता गोताबाट सहयोग पाईने हुँनाले हरेक क्षेत्रमा अगाडि बढ्न सकिनेछ । आम्दानिका नयाँ नयाँ स्रोत फेला पर्नेछन् भने थोरै समय दिदा पनि व्यापार व्यावसाय फस्टाएर जाने हुँनाले भौतिक सम्पति तथा सवारि साधन जोड्न सकिनेछ । माया प्रेममा आत्मियता बढ्नेछ भने पति पत्निबिच मायाको डोरो कसिलो भएर जानेछ । पैत्रिक धन तथा सरकारि सम्पति प्रयोग गरि आम्दानिका स्रोतहरु बढाउँन सकिनेछ । बिद्या तथा प्रतिष्पर्धामा प्रतिष्पर्धिहरुलाई किनारा लगाउँदै नतिजा आफैतिर ल्याउँन सकिनेछ ।

शुभ अंक — ४

शुभ रंग — सुन्तला

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) व्यापार व्यावसाय खस्केर जानेछ भने आम्दानिका स्रोतहरु साघुरा भएर जानेछन् । रमाईलो तथा साथिभाई सँग समय व्यातित हुदा अध्ययन अध्यापनमा मन नजाने हुँनाले उपलब्धि अरुकै पोल्टोमा पर्नेछ । माया प्रेममा सामान्य अबिश्वास सिर्जना हुँने योग रहेकोछ । आफ्नो धन सम्पतिमा अरुले नै अधिकार जमाउँन खोज्नेछन् ध्यान दिनुहोला । खानपिन तथा बिलाशी बस्तुको प्रयोगमा खर्च बढ्नेछ ।

शुभ अंक — ५

शुभ रंग  — रातो

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) आफ्नो रितिरिवाज जोगाउने काममा समय खर्च हुँनेछ । सामाजिक काम गरि समाजमा नाम तथा दाम दुबै कमाउँन सकिनेछ । पढाई लेखाईमा सुधार भएर जाने तथा आफन्तहरुलाई खुसि पार्न सकिनेछ । नयाँ काम पाउने तथा बढुवा हुँने योग रहेको छ । व्यापार व्यावसायमा लगानि बढाई प्रसस्त नाँफा कमाउँने समय रहेको छ । प्रेम प्रशङगमा रमाउँन तथा साथिभाई सँग रमाउन चाहनेहरुका लागि दिन उत्तम रहेकोछ ।

शुभ  अंक — ६

शुभ रंग —  पहेलो

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) व्यापार व्यावसाय तथा शेयर बजार जस्ता क्षेत्रमा लगानि गरि मनग्गे आम्दानि गर्न सकिनेछ । पुराना तथा थाति रहेका कामहरु सुचारु हुँनेछन् भने नयाँ काम गरि मनग्गे धन संग्रह गर्न सकिन्छ । अध्ययन अध्यापनमा सुधार गरि पुरस्कार तथा प्रशङशा पत्र जित्न सकिन्छ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने दिदिबहिनीहरुको सहयोग पाईने हुँदा कामहरु समयमानै सम्पन्न गर्न सकिनेछ ।

शुभ अंक —२

शुभ रंग — हरियो

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) भौतिक बस्तु तथा सवारि साधनको प्रयोग गर्दा ध्यान दिनुहोला अप्रिय घट्ना नघट्ला भन्न सकिन्न । आफन्त तथा शुभचिन्तकहरुलेनै तपाईलाई फसाउँन सक्छन् ख्याल गर्नुहोला । अध्ययनमा ध्यान केन्द्रित नहुँदा प्रतिष्पर्धामा अरुभन्दा पछि परिनेछ । खानपान तथा मौषमको ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ । माया प्रेममा अबिश्वास बढ्ने तथा जीवनसाथि सँग मनमुटाब बढ्ने हुँदा कामहरु प्रभावित हुँनेछ ।

शुभ अंक — २

शुभ रंग — सेतो

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) व्यापार व्यावसायमा लगानि गरे अनुशार प्रतिफल प्राप्त नहुदा आर्थिक रुपमा कमजोर भएको महशुष हुनेछ । स्वास्थ्य सम्बन्धि समस्या आउने तथा दैनिक खर्च बढेर जानेछ भने रमाईलो तिर ध्यान जादा नकारात्मक नतिजा हात लाग्न सक्छ ध्यान दिनुहोला । पढाई लेखाईमा कमजोरि हुने तथा अरु भन्दा पछि परिनेछ । माया प्रेममा नजिक हुन खोजे पनि एक अर्काको भावना नबुझ्दा मनमुटाब बढ्नेछ । 

शुभ अंक — ४

शुभ रंग — पहेलो

तपाईको दिन शुभ रहोस् । 
यूवा ज्योतिषि डिपि भण्डारी
ज्योतिष परामर्ष सेवा केन्द्र
काठमाडौं फोन न.९८०८३०७२७५

नोट : चिना तथा टिप्पन बनाउँन,चिना हेराउँन तथा बास्तुसँग सम्बन्धित जानकारिको लागि अवस्य सम्झनुहोला ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्योतिषि डीपी भण्डारी
ज्योतिषि डीपी भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र, काठमाडौं

लेखकबाट थप