मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

यस्तो छ युएईविरुद्ध नेपालको प्लेइङ–११, टिममा एक परिवर्तन

बिहीबार, ०२ चैत २०७९, ०८ : ५४
बिहीबार, ०२ चैत २०७९

काठमाडौँ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको आफ्नो अन्तिम खेलमा नेपालले टस हारेर पहिले बलिङ गर्ने भएको छ । 

त्रिवि क्रिकेट मैदानमा मैदानमा युएईका कप्तान मोहमद वसिमले टस जितेर ब्याटिङ रोजेपछि नेपालले बलिङको निम्तो पाएको हो । 

नेपालले आजको खेलमा एक खेलाडी परिवर्तन गरेको छ । नेपालले करण केसीको स्थानमा गुलशन झालाई राखेको छ । 

आजको खेलमा ज्ञानेन्द्र मल्ल बेन्चमा छन् । 

नेपालको प्लेइङ–११ 

रोहित कुमार पौडेल (कप्तान), आसिफ शेख (विकेट किपर), सन्दीप लामिछाने, दिपेन्द्र सिंह ऐरी, सोमपाल कामी, कुशल भुर्तेल, ललित राजवंसी, भिम सार्की, कुशल मल्ल, आरिफ शेख, गुलशन झा

playing

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप