चिनियाँ राष्ट्रपतिद्वारा विश्वव्यापी सभ्यता पहलको प्रस्ताव
बेइजिङ । चिनियाँ राष्ट्रपति सी चिनफिङले विश्वव्यापी सभ्यता पहल (ग्लोबल सिभिलाइजेशन इनिसिएटिभ) को प्रस्ताव अघि सारेका छन् । सीपीसीद्वारा आयोजित विश्व राजनीतिक दलहरूबीचको उच्चस्तरीय बैठकलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै राष्ट्रपति सीले सभ्यताको विविधताको सम्मान गर्न, मानवताको साझा मूल्यहरूको वकालत गर्न, सभ्यताको विरासत र नवीनताको उच्च मूल्याङ्कन गर्न र बलियो अन्तर्राष्ट्रिय जनता-जनताबीचको आदानप्रदान र सहयोगको संयुक्त वकालत गर्न आह्वान गरेका हुन्।
उच्चस्तरीय बैठकलाई विभिन्न राजनीतिक दल र राजनीतिक संगठनका नेताहरूले पनि सम्बोधन गरेका थिए । उनीहरूले राष्ट्रपति सीका प्रस्तावहरूको प्रशंसा गर्दै ऐक्यबद्धता जनाएका थिए । सम्बोधनमा सीले विश्वका राजनीतिक दलहरूलाई आफ्नो राष्ट्रिय आधुनिकीकरणको अभियानसँग आफ्नो विकासलाई घनिष्ट रूपमा एकीकृत गर्न आह्वान गरे । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) केन्द्रीय समितिका महासचिव समेत रहेका सीले भने, ‘हामीलाई कस्तो आधुनिकीकरणको खाँचो छ र हामीले यसलाई कसरी हासिल गर्न सक्छौँ भन्ने जस्ता प्रश्नको जवाफ दिँदै राजनीतिक दलहरूले एक महत्वपूर्ण शक्तिको रूपमा आधुनिकीकरण प्रक्रियालाई अगाडि बढाउनु पर्छ।’
चिनियाँ राष्ट्रपतिले राजनीतिक दलहरूलाई जनतालाई पहिलो स्थानमा राख्न र आधुनिकीकरण जनतामा केन्द्रित गर्न आह्वानसमेत गरे। स्वतन्त्रताको सिद्धान्तलाई कायम राख्न र आधुनिकीकरणतर्फ विविध मार्गहरू खोज्न पनि उनको सुझाव थियो । ‘कुनै पनि देशले आधुनिकीकरण हासिल गर्नको लागि प्रक्रियालाई नियन्त्रित गर्ने सामान्य कानूनहरू मात्र पालना गर्नु आवश्यक छैन, आफ्नै राष्ट्रिय अवस्था र अद्वितीय विशेषताहरूलाई विचार गर्न आवश्यक पनि उत्तिकै आवश्यक छ,’ सीले भने, ‘आधुनिकीकरण हाम्रो काखमा स्वतः खस्दैन । यो बलियो ऐतिहासिक पहलका साथ कडा परिश्रमको परिणाम हो,’ सीले भने, ’राजनीतिक दलहरूले आफ्नो राष्ट्रिय आधुनिकीकरणको अभियानसँग आफ्नो विकासलाई घनिष्ट रूपमा एकीकृत गर्नुपर्छ । जसले गर्दा निरन्तरताको मार्गलाई अघि बढाउन सकिन्छ। चिनियाँ कम्युनिष्ट पार्टीको २०औँ राष्ट्रिय महाधिवेशनले आधुनिकीकरणको चिनियाँ मार्गमार्फत चिनियाँ राष्ट्रको पुनर्जागरणलाई सबै मोर्चामा अगाडि बढाउने प्रस्ताव गरेको छ।