मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

विश्वकप क्वालिफायरमा प्रवेश गरेकोमा प्रधानमन्त्री प्रचण्डले दिए नेपाली क्रिकेट टिमलाई बधाई

बिहीबार, ०२ चैत २०७९, १८ : ३०
बिहीबार, ०२ चैत २०७९

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आईसीसी क्रिकेट विश्वकप लिग-२ मा विजयी भएको नेपाली क्रिकेट टिमलाई बधाई दिएका छन् । बिहीबार कीर्तिपुरस्थित क्रिकेट मैदानमा भएको युएईविरुद्धको खेलमा विजयी हुँदै विश्वकप क्वालिफायरमा प्रवेश गरेको नेपाली क्रिकेट टिमलाई बधाई प्रधानमन्त्री प्रचण्डले बधाई दिएको हुन् । 

उनले लीगका खेलहरुमा उच्च कौशलता प्रदर्शन गर्दै नेपालको स्वाभिमान र गौरव उँचो राख्न सफल भएकोमा प्रधानमन्त्री प्रचण्डले बधाई दिएका छन् । 

उनले भनेका छन्,'आइसिसी क्रिकेट विश्वकप लिग-२ मा युएईलाई हराउँदै नेपाल विश्वकप छनोटमा पुग्न सफल भएकोमा हार्दिक खुसी व्यक्त गर्दछु । लीगका खेलहरुमा उच्च कौशलता प्रदर्शन गर्दै नेपालको स्वाभिमान र गौरव उँचो राख्न सफल भएकोमा उच्च प्रशंसासहित नेपाली क्रिकेट टिम, प्रशिक्षक, क्यानलगायत हामी सबैलाई हार्दिक बधाई !'

आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले युइएविरुद्ध डकवर्थ लुइस (डिएलएस) पद्धतिमा ९ रनले जित हात पारेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप