मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

तीन विकेट छिटो गएपनि खेलाडीमा जित्ने विश्वास थियो : कप्तान रोहित

बिहीबार, ०२ चैत २०७९, १९ : १८
बिहीबार, ०२ चैत २०७९

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित कुमार पौडेलले आजको खेलमा सुरुवात मै तीन विकेट गएपनि खेलाडीहरूमा विश्वास भएको बताएका छन् । 

उनले आजको खेलले झनै टिममा एकता भएको र टिम बलियो बनेको बताए । रोहितले अब टिमको लक्ष्य विश्वकप छनोटमा उत्कृष्ट प्रदर्शन गर्दै विश्वकप खेल्ने योजना रहेको बताए । 

‘आजको जितले धेरै खुसी दिलाएको छ । खेलाडीहरूमा मेरो पूर्ण विश्वास थियो । सुरुवातमा तीन विकेट गएपछि पनि उत्कृष्ट प्रदर्शन गर्दै जित निकाल्न सफल भयौँ,’ रोहितले भने । 

रोहितले आजको खेलमा गुलशन, भीम र आसिफले नेपालको जितका लागि महत्त्वपूर्ण भूमिका खेलेको बताए । मिडिल अडरमा आएर पनि खेल अन्त्यसम्म लिन उनीहरुले खेलेको भूमिका उत्कृष्ट भएको उनले बताए । 

‘मिडिल अडरमा आएर पनि खेलाडीहरुले उत्कृष्ट प्रदर्शन गरे त्यसले आजको खेलमा नेपाललाई अन्तिमसम्म पुगाउन महत्त्वपूर्ण भूमिका रह्यो,’ रोहितले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप