सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

सचिनले ल्याए ‘मरिहत्ते’

बिहीबार, ०२ चैत २०७९, २० : २०
बिहीबार, ०२ चैत २०७९

काठमाडौँ । गायक सचिन रौनियारले गायकसँगै अभिनेताको रूपमा आफूलाई अगाडी बढाएका छन् । उनको स्वरसँगै अभिनय गरेको गीत ‘मरिहत्ते’ बिहीबार सार्वजनिक गरियो । सन्तोष सुनारको शब्द र सङ्गीत रहेको गीतको भिडियोमा सचिनसँगै अभिनेत्री निता ढुङ्गानाको अभिनय रहेको छ । 

‘मैले कथामा उपयुक्त देखिने भएपछि अभिनय गरेको हुँ । निर्देशकले चरित्रमा फिट हुन्छ भन्नुभयो’,गायक रौनियारले भने,‘डिजिटल समयमा ए मान्छेपछि कम्ब्याक भए ।  समयानुसारनै आफूलाई प्रस्तुत गर्दैछु ।’ 

गायक रौनियार छ भनौँ कि छैन भनौँ, यो वनमा छैन क्यारे न्याउली कराउँदिन, ए कान्छी, ए माया कहाँ छौ कहाँ, झन् झन् बढ्यो याद तिम्रो, आफ्नो मान्छे लगायतका गीतमार्फत स्थापित भएका हुन् । 

अभिनेत्री ढुङ्गानाले आफूले निर्वाह गरेको भूमिकाले मनोरञ्जनसँगै संदेश दिने जानकारी दिइन् । 

निकेश खड्काद्वारा निर्देशित भिडियोमा आर्थिक अवस्था कमजोर रहेको दम्पतीको कथा देखाइएको छ। बच्चालाई जीवनको अमूल्य सपना बनाएका दम्पतीले स्वास्थ्य समस्या, सामाजिक सङ्घर्ष र जीविकोपार्जनलाई कथामा समेटिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप