आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

आगामी दसैँको बिदा कात्तिक ४ देखि ९ गतेसम्म, तिहारमा ५ दिन बिदा

बिहीबार, ०२ चैत २०७९, २० : २४
बिहीबार, ०२ चैत २०७९

काठमाडौँ । आगामी २०८० सालको दसैँ बिदा  ६ दिन हुने भएको छ । यस्तै तिहार बिदा ५ दिन हुने छ । गृह मन्त्रालयले सार्वजनिक गरेको सार्वजनिक बिदाको सूचीअनुसार दसैँ बिदा आगामी कात्तिक ४ गते शनिबारदेखि कात्तिक ९ गते बिहीबारसम्म हुनेछ । 

अर्थात फूलपातीदेखि द्वादशीको दिनसम्म सार्वजनिक बिदा हुने गृह मन्त्रालयले राजपत्रमा प्रकाशित गरेको सूचनामा उल्लेख छ । 

यस्तै तिहारको बिदा लक्ष्मी पूजाको दिन अर्थात कात्तिक २६ देखि कात्तिक ३० गते बिहीबारसम्म हुनेछ । अर्थात भाइटिकाको भोलिपल्टसम्म बिदा हुने राजपत्रमा उल्लेख छ।  

यस्तै मंसिर ३ गते छठको अवसरमा बिदा हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप