सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

काठमाडौँबाट ६ लाख भन्दा बढी नक्कली नोटसहित दुई जना पक्राउ

बिहीबार, ०२ चैत २०७९, २१ : १४
बिहीबार, ०२ चैत २०७९

काठमाडौँ । काठमाडौँबाट ६ लाख भन्दा बढी नक्कली नेपाली नोटसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।  काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कालोपुल एरियाबाट रामेछाप खाँडा देवी घर भई काठमाडौँको मकलबारी बस्ने छिरिङ लामा र दोलखाको भीमेश्वरका घर भई सतुङगल बस्ने सुरेन्द्र कार्कीलाई पक्राउ गरेको हो।

उनीहरुले नेपाली खोटा मुद्रा चलन चल्तीमा ल्याउन लागेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी छापा मार्न पुगेको थियो । 

सोहीअनुसार बुधबार साँझ उनीहरुको साथबाट रु १००० दरको नेपाली नोट  ६३६ थान (रु ६,३६,०००) बरामद भएको प्रहरीले जनाएको छ ।  यस्तै नोटको साईजमा काटेको कागजको बण्डल ९ थान पनि बरामद भएको कार्यालयका सूचना अधिकारी सोमेन्द्र सिंह राठौरले जानकारी दिए । 

उनीहरुलाई मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद २२ को मुद्रा सम्बन्धी कसुरमा थप अनुसन्धानको लागि जिल्ला प्रहरी परिसर पठाइएको उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप