आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
अपराध

अन्धविश्वासले निम्त्याएको हत्या : बुबादेखि मामासम्म कानुनी फन्दामा

शुक्रबार, ०३ चैत २०७९, ०६ : २४
शुक्रबार, ०३ चैत २०७९

बुटवल । रुपन्देहीको सैनामैना नगरपालिका– १० मा अन्धविश्वासले निम्त्याएको एउटा घटनाका कारण बुबादेखि मामासम्म कानुनी फन्दामा परेका छन् ।

सैनामैदा–१०, झिमझिमे बस्ने १४ वर्षकी सीता ज्ञवालीको उपचार गर्ने बहानामा झारफुक गर्दा मृत्यु भएको हो । सो घटनामा अन्धविश्वास पनि एउटा कारण रहेको प्रहरीले जनाएको छ । 

बुटवलदेखि झन्डै ३२ किलोमिटर र भैरहवादेखि झन्डै ३५ किलोमिटर दुरीमा पर्ने झिमझिमेका सामान्य परिवारकी सदस्य सीताको मृत्यु सम्बन्धमा अहिले स्थानीय १७ जना पुर्पक्षका लागि थुनामा छन् । घटना माघ २० गते राति भए पनि पछिमात्रै बाहिर आएर प्रहरीले अनुसन्धान थालेको थियो ।

स्थानीय ताराप्रसाद ज्ञवाली र लीला ज्ञवालीकी कान्छी छोरी सीता बिरामी भए पनि सुविधा सम्पन्न अस्पतालमा उपचार गर्न लैजानु साटो झारफुक गर्ने बहानामा परिवारले कथित ‘माता’ समक्ष लगेको थियो । तिनै ‘माता’को कुटपिटबाट उनको मृत्यु भएको घटनाले सहर नजिक नै पनि कतिसम्म अन्धविश्वास छ भन्ने पुष्टि भएको अधिकारकर्मी गोविन्द खनालले बताए । 

रुपन्देही जिल्ला प्रहरी कार्यालयका प्रवक्ता श्यामु अर्यालले माताले बिरामी सीतालाई कुटपिट गरेको भिडियो बाहिर आएपछि छानबिन गर्दा अन्धविश्वासकै कारण यस प्रकारको घटना हुन पुगेको तथ्य प्रकाशमा आएको बताए । उनले घटनाका बारेमा माता, झारफुक गर्न लैजाने परिवार र मलामीलाई थुनामा राखेर अनुसन्धान गरेको जानकारी दिए ।

46767

उनले भने, ‘यो जमानमा पनि टाइफाइड भएको बिरामीलाई सुविधा सम्पन्न अस्पताल लैजानुको साटो झारफुक गर्न लैजानु पनि कमजोरी हो । त्यसमा माताले यसरी कुटपिट गर्ने, कुटपिट गरेको हेरेर बस्ने पनि कमजोरी देखिन्छ, अरू अनुसन्धानको पाटो जारी छ ।’ 

यसरी मलामीसमेत फसे

माघ २० गते राति ताराप्रसादकी छोरी सीताको झारफुक गर्ने क्रममा माताले कुटपिट गर्दा मृत्यु भयो । त्यसपछि बाहिर ल्याएर राखियो । ज्ञवालीका मामा ईश्वरी प्रसाद पोखरेल सहितले शवलाई राति नै कपिलवस्तुको लक्ष्मण घाटमा लगे ।

झारफुक गर्ने माता, बिरामीका बुबा, मामादेखि माताका आमाबुबा, मृत्यु भएपछि हेर्न आउने स्थानीय र मलामी जानेलाई समेत प्रहरीले पुर्पक्षका लागि थुनामा राखेको छ ।

माताले कुटपिट गर्दा खिचिएको भिडियो अर्को दिन दिउँसो सार्वजनिक भयो । अनि विदेश बस्ने एक युवाले प्रहरीलाई  ‘यस्तो पनि हुन्छ हाम्रो समाजमा’ भन्दै ट्याग गरेर पठाएपछि घटनाबारे थाहा पाएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता तथा डीएसपी श्यामु अर्यालले बताए ।

त्यसपछि अनुसन्धान गर्दा विभिन्न व्यक्तिलाई नियन्त्रणमा लिएर पुर्पक्षका लागि इलाका प्रहरी कार्यालय सालझण्डीको थुनामा राखिएको उनले बताए ।

home

झारफुक गर्ने माता, बिरामीका बुबा, मामादेखि माताका आमाबुबा, मृत्यु भएपछि हेर्न आउने स्थानीय र मलामी जानेलाई समेत प्रहरीले पुर्पक्षका लागि थुनामा राखेको छ । प्रहरीले उनीहरुमाथि म्याद थप गर्दै बयान लिने काम जारी राखेको छ ।

गाउँमा सन्नाटा

सैनमैना–१०, झिमझिमे चोक राजमार्गबाट झण्डै २ किलोमिटर उत्तरमा पर्छ । ग्रामीण बजारउन्मुख गाउँ मानिन्छ झिमझिमे ।

सोही गाउँमा सामान्य खेती किसान गर्ने ताराप्रसाद बस्दै आएका छन् । ३ छोरी र १ छोरामध्ये उनका २ छोरीको विवाह भइसकेको छ । माघको तेस्रो हप्ता सीतालाई कान दुख्ने र ज्वरो आउने समस्या थियो । स्थानीय मेडिकलमा रगत, पिसाब जाँच गरेपछि केही औषधि लिएर उनी घर गएका थिए । त्यतिबेला सीतालाई केही राहत भयो ।

भिडियोमा सीताले माताको यातना सहन नसकेका कारण मृत्यु भएको देखिएपछि दाहसंस्कारमा गएका गाउँलेहरू पनि अनुसन्धानमा तानिएका हुन् ।

ताराप्रसादले छोरीलाई अटोमा राखेर माताकोमा हेराउन लगे । बेमटेनी टोल बस्दै आएकी ‘माता’ भनिने संज्ञा रेग्मीले सुरुमा ‘बोक्सी’ का कारण बिरामी भएको भन्दै पहेँलो अक्षताले हानिन् ।

माताले बोक्सी नचाएर देखाउँछु भन्दै सीताको मामालाई त्यसको भिडियो समेत खिच्न भनिएको सैनामैना नगरपालिका–१० का वडा अध्यक्ष कृष्णप्रसाद घिमिरेले रातोपाटीलाई बताए ।

two

भिडियोमा सीताले माताको यातना सहन नसकेका कारण मृत्यु भएको देखिएपछि दाहसंस्कारमा गएका गाउँलेहरू पनि अनुसन्धानमा तानिएका हुन् ।

प्रहरीले माता बताउने संज्ञा रेग्मी, माताको परिवार, मृतकका बुबा ताराप्रसाद, मृतकका मामा ईश्वरी पोखरेलसहित मलामी जाने १७ जनालाई पुर्पक्षका लागि थुनामा राखेको छ । अहिले गाउँमा सन्नाटा छाएको वडा अध्यक्ष घिमिरेले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप