सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

स्पेनमा निधन भएका लोकगायक लम्सालको शुक्रबार पशुपतिमा अन्त्येष्टि

शुक्रबार, ०३ चैत २०७९, १६ : ३१
शुक्रबार, ०३ चैत २०७९

काठमाडौँ । स्पेनमा निधन भएका लोकगायक राजेन्द्र लम्सालको पार्थिव शरीरलाई शुक्रबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । उनको शव स्पेनबाट आजै नेपाल ल्याइएको हो ।

लम्सालको शवलाई अन्त्येष्टि अगाडि पशुपति आर्यघाटमा श्रद्धाञ्जलीका लागि केही समय राखिएको थियो । श्रद्धाञ्जलीमा लोक तथा दोहोरी गीत प्रतिष्ठानकी अध्यक्ष रीता थापा मगर लगायत थुप्रै व्यक्तिको उपस्थिति रहेको लोक गायिका राधिका हमालले जानकारी दिइन् ।

प्रतिष्ठानको युरोप शाखाका संरक्षक समेत रहेका लम्सालको गत फागुन २३ गते निधन भएको थियो । उनी पिसाबसम्बन्धी रोगबाट पीडित थिए ।

लम्सालका ‘जापान टोकियो’, ‘डोरीको तीन फुँदा’, ‘वालिङ फिरफिरे’,  ‘निलो पछ्यौरी’ लगायत थुप्रै गीत हिट छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप