सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

काठमाडौँमा साफस इन्टरनेशनल एन्डोक्राइन सम्मेलन सुरु

शुक्रबार, ०३ चैत २०७९, १६ : ४५
शुक्रबार, ०३ चैत २०७९

काठमाडौँ । काठमाडौँमा आजदेखि साफिस इन्टरनेशल इन्डोक्राइन सम्मेलन सुरु भएको छ । यही चैत ३  र ४ गते सञ्चालन हुने सम्मेलनमा दक्षिण एसियाली राष्ट्रहरूका  विज्ञहरूको सहभागिता जनाएका छन् । 

अन्तर्राष्ट्रिय सम्मेलनमा मधुमेह, थाइराइड, मोटोपना तथा हर्मोनसँग सम्बन्धी रोगको अनुसन्धानमूलक कार्यपत्रहरू पेश गरिने डाइविटिज नेपालका अध्यक्ष वरिष्ठ इन्ठडोक्रिनोलोजिष्ट डाक्टर दिना श्रेष्ठले जानकारी दिइन् ।

सम्मेलनमा विज्ञहरूद्वारा दक्षिण एसियाली मोटोपनासम्बन्धी काठमाडौँ घोषणापत्र जारी गरिने उनले बताइन् ।

मधुमेहले दक्षिण एसिया अछुत नरहेको भन्दै उनले मधुमेह भएका व्यक्तिलाई मात्रै नभई उसको परिवार र समाजलाई पनि मानसिक तथा आर्थिक रूपमा नकारात्मक प्रभाव पारेको बताइन् ।

मधुमेहले पर्ने नकारात्मक प्रभावलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा सम्बोधन गर्न जरुरी रहेको उनले बताइन् । मधुमेहको उपचार चिकित्सक बिरामी तथा परिवार सबै मिलेर समस्याको समाधान गर्नु आवश्यक रहेको उनले बताइन् ।

यस्तै, कार्यक्रममा मह जोडी कृष्ण श्रेष्ठ र हरिवंश आचार्य अभिनीत वृत्तचित्र मधुमेह भाग २ प्रिमियर शो समेत गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप