सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

काठमाडौँमा बाल शल्य चिकित्सकहरूको अन्तर्राष्ट्रिय सम्मेलन सुरु

शुक्रबार, ०३ चैत २०७९, २१ : ००
शुक्रबार, ०३ चैत २०७९

काठमाडौँ । काठमाडौंमा बाल शल्य चिकित्सकहरूकोे अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ । नेपाल बाल शल्य चिकित्सक संघको आयोजनामा नेपालमा पहिलोपटक शुक्रबार दुई दिने सम्मेलन सुरु भएको हो । बाल शल्य चिकित्सकहरूकोे अन्तर्राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा.रोशन पोखरेलले २०० शैथ्या माथिका अस्पतालहरूमा कम्तीमा १ जना बाल शल्यचिकित्सक राख्ने गरी व्यवस्था मिलाउन लागिएको बताए ।

बाल चिकित्सकको दरबन्दी कम भएकाले नयाँ ओएनएममा प्रादेशिक अस्पतालहरूमा समेत बाल चिकित्सकको व्यवस्था मिलाउने सचिव पोखरेलले बताए । नेपालमा बाल शल्य चिकित्सक २९ जनामा मात्रै छन् । कार्यक्रममा नेपाल बाल शल्य चिकित्सक संघका अध्यक्ष तथा  इसान बाल तथा महिला अस्पतालका कार्यकारी निर्देशक प्राडा.रामनन्दनप्रसाद चौधरीले बाल शल्यचिकित्सा क्षेत्रमा स्वदेश र विदेशमा बाल शल्य चिकित्सा सेवासम्बन्धी अनुभव तथा जानकारी आदानप्रदान गरिने जानकारी दिए ।

सम्मेलनमा नेपालसहित भारत, पाकिस्तान, बंगलादेश, जापान, अमेरिकाका शल्यचिकित्सिकहरूको उपस्थिति रहेको छ । प्राडा. चौधरीका अनुसार सम्मेलनमा १०० वटा सोधपत्र प्रस्तुत गरिनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप