सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

युरोपा लिगको क्वाटरफाइनलमा युनाइटेडले सेभियासँग खेल्ने

शनिबार, ०४ चैत २०७९, ०६ : ३१
शनिबार, ०४ चैत २०७९

लण्डन । यूईएफएले युरोपा लिग फुटबलको क्वाटरफाइनलको ड्र सार्वजनिक गरेको छ । यूईएफएले शुक्रबार सार्वजनिक गरेको ड्र अनुसार प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडले कीर्तिमानी विजेता टोली स्पेनिस क्लब सेभियालाई प्रतिद्वन्द्वी पाएको हो । 

युरोपा लिगमा युनाइटेडले उत्कृष्ट प्रदर्शन गर्दै आइरहेको छ । यता सेभिया युरोपा लिगको सर्वाधिक ६ पटकको विजेता टोली हो । 

त्यस्तै इटालियन क्लब युभेन्टसले पोर्चुगिज क्लब स्पोर्टिङ लिस्बनसँग खेल्नेछ । उता जर्मन क्लब बायर लिभरकुसेनले युनियन सेन्ट गिलोइसलाई आफ्नो प्रतिद्वन्द्वी पाउँदा फेयेनुर्डले रोमासँग खेल्नेछ । युरोपा लिगको पहिलो लेग अप्रिल १४ मा हुनेछ । त्यस्तै दोस्रो लेग अप्रिल २१ म सुरु हुनेछ । 

Europa League Bracket (16x9) (2)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप