आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

आइतबार, ०५ चैत २०७९, ०६ : २२
आइतबार, ०५ चैत २०७९

काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै । आइतबार बिहान  १०ः ३० बजे नयाँ बानेश्वरस्थित संघीय संसद भवनको शंकर हलमा केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्ने पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

बैठकमा केन्द्रीय कार्य सम्पादन समितिका पदाधिकारी एवम् सदस्यहरुको उपस्थिति हुने पौडेलले बताए । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चैत ६ मा विश्वासको मत लिने तयारी गरिरहेकै बेला कांग्रेसको बैठक बस्न लागेको छ ।

कांग्रेस नेताहरुका अनुसार बैठकले प्रधानमन्त्री दाहाललाई विश्वास मतबारे निर्णय गर्नेछ । साथै सरकारमा सहभागिताबारे पनि छलफल हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप