मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

ज्लाटानको कीर्तिमान तर मिलान पराजित

आइतबार, ०५ चैत २०७९, ०९ : ०८
आइतबार, ०५ चैत २०७९

मिलान । ज्लाटान इब्राहिमोविच इटालियन सिरिए ए मा गोल गर्ने सबैभन्दा बुढो खेलाडी बनेका छन् । उडिनेसेसँग ३–१ को हार बेहोर्ने क्रममा पेनाल्टीबाट गोल गर्दै इब्राहिमोविचले सो कीर्तिमान बनाउन सफल भएका हुन् ।

स्वीडिस स्ट्राइकरले पहिलो हाफको अतिरिक्त समयमा पेनाल्टीबाट गोल गरेका थिए । सन् २०२२ को जनवरी ९ पछि मिलानका लागि उनको यो पहिलो गोल पनि थियो । उनी लामो समय घुँडाको चोटका कारण मैदान बाहिर रहेका थिए । उनले ४१ वर्ष १६६ दिनमा गोल गर्दै कीर्तिमान बनाए । यसअघि अलेसान्ड्रो कोस्टाकुर्टाले ४१ वर्ष २५ दिनमा गोल गर्दै लिगमा सबैभन्दा धेरै उमेरमा गोल गर्ने कीर्तिमान बनाएका थिए ।

पराजयपछि साबिक विजेता मिलान २७ खेलबाट ४८ अंकसहित लिगको चौथो स्थानमा सीमित बनेको छ । उडिनेसे भने ३८ अंक बटुल्दै लिगको आठौँ स्थानमा उक्लिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप