सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

यस्तो हुन्छ बच्चाको अल्छी आँखा

आइतबार, ०५ चैत २०७९, ११ : ३९
आइतबार, ०५ चैत २०७९

 काठमाडौँ । आठ वर्षभन्दा कम उमेर समूहका बालबालिकाको आँखा अल्छी हुन सक्छ । आफ्ना बालबालिकाको आँखा अल्छी भए–नभएको अभिभावकले थाहा पाउन जरुरी हुन्छ ।

 दृष्टि विशेषज्ञ डा. सञ्जीव भट्टराईका अनुसार मोतीबिन्दु दृष्टि दोष, टेढो आँखा आदि रोगहरूको उपचार नगराएर दृष्टिमा राम्रो विकास हुन नपाई दुवै वा कुनै एक आँखाले बस्तुहरू सफा  र राम्रो देख्न नसक्ने अवस्था अल्छी आँखा हो ।

कसरी थाहा पाउने ?

–कुनै एक वा दुवै आँखा छड्के भएमा

–बच्चाले अशुद्ध लेख्ने गरेमा

–परिवारका सदस्यमा कसैले सानैबाट चस्मा लगाएमा

–कुनै एक वा दुवै आँखाको माथिको ढकनी तल झरेमा

यस्तो अवस्थामा अस्पतालमा गएर समयमा नै उपचार गराउनुपर्छ । विद्यालय जानुभन्दा पहिला आफ्नो बच्चाको दृष्टि आँखा जचाँउनपनि चिकित्सकको सुझाव छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप