मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

राष्ट्रिय फुटबल टोली र मच्छिन्द्र दुवैको प्रशिक्षकमा प्रवेश कटवाल !

आइतबार, ०५ चैत २०७९, १६ : २२
आइतबार, ०५ चैत २०७९

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले गत १ गते नेपाली राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक र गोलकिपर प्रशिक्षकको नियुक्ति दियो । 

नेपाली टोलीको सहायक प्रशिक्षकमा प्रवेश कटवाल नियुक्त भए । कटवाललाई एन्फाले चार दिन पहिले नै नियुक्ति दिएको थियो । तर, एन्फाले बाहिर जानकारी भने १ गते मात्र गरायो । त्यसपछि उनी राष्ट्रिय टोलीको प्रशिक्षकमा आए । 

प्रवेशले यसअघि पाकिस्तानविरुद्धको मैत्रीपूर्ण खेलमा पनि प्रशिक्षकको भूमिका निर्वाह गरेको थिए । उनले सहायक प्रशिक्षक पद सम्हाली सकेपनि मच्छिन्द्रको खेलमा प्रशिक्षकको भूमिकामा गए । 

मच्छिन्द्रले १४ मार्चमा नेपाल पुलिस क्लबविरुद्ध खेलेको खेलमा उनी मुख्य प्रशिक्षक थिए । एउटा प्रशिक्षकले राष्ट्रिय टोली सम्हाली रहेको समयमा क्लबलाई पनि सम्हाल्नु उनको नैतिकताले पनि दिँदैन । 

यस विषयमा भने प्रवेश आफूले केही नबोल्ने बताए । यो सानो कुरा भएको र यसलाई ठूलो विषय बनाइएको उनले बताए । 

‘यो विषयमा म केही बोल्दैन । यो सानो विषय हो । यसलाई ठूलो विषय नबनाइ दिनुस,’ प्रवेशले रातोपाटीसँगको कुराकानीमा भने । 

लिगमा अहिले साविकको विजेता मच्छिन्द्रले पाँच खेल खेल्दा मात्र एक खेलमा जित निकालेको छ । दुई खेल बराबरी खेल्दा दुई खेलमा हार ब्यहोर्यको छ । मन्द्रिको लगातार भएको खराब नतिजाले प्रशिक्षक कटवालले च्यासल मैदान सानो भएको बताएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप