शंकरदेव क्याम्पसमा ३५ प्रतिशत मात्रै मत खस्यो
आइतबार, ०५ चैत २०७९, १६ : ४८
काठमाडौँ । शंकरदेव क्याम्पसमा ३५ प्रतिशत मत खसेको छ । ८ हजार ८४८ मतदाता विद्यार्थी रहेकोमा ३ हजार १७७ मत खसेको छ ।
५ हजार ६७१ मतदाता विद्यार्थीले मत हालेनन् ।
अब सर्वदलीय बैठक बसेर मतगणना सुरु गरिनेछ । सर्वदलीय बैठकबाट कोड अफ कण्डक्ट तयार पारेर मतगणना सुरु गरिनेछ ।
आजै राति मत परिणाम आउन सक्नेछ ।
शंकरदेवमा मतदान भइरहेको बेला फर्जी मतदाता देखिएपछि केही समय अवरुद्ध भएको थियो । त्यसपछि प्रहरीले १२ जना फर्जी मतदातालाई नियन्त्रण लिएपछि पुनः मतदान चलेको थियो ।