मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

स्टार्कको घातक बलिङसामु निरीह बन्यो भारत, अहिलेसम्मकै ठुलो हार

आइतबार, ०५ चैत २०७९, २० : ३८
आइतबार, ०५ चैत २०७९

नयाँ दिल्ली । विशाखापट्टनममा भएको दोस्रो एकदिवसीय खेलमा अस्ट्रेलियाले भारतलाई १० विकेटको ठुलो अन्तरले पराजित गरेको छ । अस्ट्रेलियाका ओपनर ट्राभिस हेड (५१ नटआउट, ३० बल) र मिचेल मार्स (नटआउट ६६, ३६ बल) ले ११ औं ओभरमा नै भारतले जितका लागि दिएको ११८ रनको लक्ष्य पुरा गरेका थिए।

बल बाँकी रहेको अवस्थामा यो भारतको एकदिवसीय क्रिकेटमा सबैभन्दा ठुलो हार हो। अस्ट्रेलियाले जित्दा उनको इनिङ्समा २३४ बल बाँकी थियो । १०० ओभरको यो खेल ३७ ओभरमा मात्र समाप्त भयो। यसअघि स्टार ब्याट्सम्यानले सजिएको भारतीय टोली मात्र ११७ रनमा अलआउट भयो । यो भारतीय भूमिमा टोलीको चौथो सबैभन्दा कम स्कोर हो।

अस्ट्रेलियाका बलरहरूको कतिको दबदबा थियो भन्ने अनुमान भारतीय टोलीले २६ ओभर मात्रै खेल्न पाएको तथ्यबाट अनुमान गर्न सकिन्छ। भारतका लागि विराट कोहलीले सर्वाधिक ३१ रन बनाए । अक्षर पटेलले २९ रन बनाएर अविजित रहे । अस्ट्रेलियाका लागि मिचेल स्टार्कले ५३ रन दिएर पाँच विकेट लिए । सेन एबोटले २३ रन दिएर दुई विकेट लिए । योसँगै अस्ट्रेलियाले तीन खेलको सिरिजमा १–१ को बराबरी गरेको छ । पहिलो खेलमा भारत पाँच विकेटले विजयी भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप