आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
संसद बैठक

प्रधानमन्त्रीको प्रतिबद्धता : विकासमा क्रम भङ्ग गर्दै नयाँ मोडल ल्याउने

सोमबार, ०६ चैत २०७९, १३ : ५३
सोमबार, ०६ चैत २०७९

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले विकासको नयाँ मोडल ल्याउने बताएका छन् । उनले विकास निर्माण टालटुले प्रक्रियाबाट सम्भव नहुने भएकाले त्यसलाई क्रमभङ्ग गरेर नयाँ मोडल ल्याउन जरुरी रहेको बताए । 

सोमबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले १६ औँ विकास योजनामा विकासको नयाँ मोडल पेस गर्ने सरकारको तयारी रहेको बताएका हुन् । 

‘यो अवस्थाबाट पार पाउन पहिले कार्यान्वयन गरिआएका नीति योजना र कार्यक्रममा टालटुल गरेर अव सुधार हुन सम्भव छैन । क्रमभङ्ग नै जरुरी छ । त्यसैले १६ औँ विकास योजनामा विकासको नयाँ मोडल पेस गर्ने सरकारको तयारी रहेको छ’, प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप