सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

साइकल र्‍याली गर्दै मनाइयो विश्व मुख स्वास्थ्य दिवस

सोमबार, ०६ चैत २०७९, १६ : ३७
सोमबार, ०६ चैत २०७९

चितवन । कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) भरतपुरले साइकल र्‍यालीको आयोजना गरी विश्व मुख स्वास्थ्य दिवस मनाएको छ । दिवसको अवसरमा जनचेतना जागृत गर्न साइकल र्‍यालीको आयोजना गरिएको हो ।
अस्पताल प्राङ्गणबाट शुरु भएको साइकल र्‍याली दीपेन्द्रचोक, लायन्सचोक, पुल्चो हुँदै गैंडाकोटको मौलाकालिका फेदी पुगेको थियो । उक्त र्‍याली पुनः कलेज प्राङ्गणमा आएर समापन भएको थियो ।

र्‍यालीमा सहभागीहरुले मुख स्वास्थ्य सम्बन्धी विभिन्न जनचेतनामूलक नारा अंकित प्लेकार्ड बोकेका थिए । हरेक वर्ष २० मार्चका दिन विश्व मुख स्वास्थ्य दिवस मनाइन्छ ।

Capture
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप