मंगलबारका लागि तोकिएको लुम्बिनी प्रदेशसभाको बैठक स्थगित
सोमबार, ०६ चैत २०७९, २१ : १५
बुटवल । मंगलरबारका लागि तोकिएको लुम्बिनी प्रदेशसभाको बैठक स्थगित भएको छ।
लुम्बिनी प्रदेशसभा सचिव दुर्लभकुमार पुनमगरले सोमबार एक सूचना जारी गर्दै विशेष कारणले बैठक स्थगित गरिएको जानकारी दिएका छन् ।
बैठकमा साना दलहरूले सरकारलाई दिएको समर्थन फिर्ता लिने सम्भावना रहेको थियो ।