सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

साप्राबाट निकालियो तीन किलोको ट्युमर

मङ्गलबार, ०७ चैत २०७९, १३ : ५४
मङ्गलबार, ०७ चैत २०७९

चितवन । नवलपरासीका एक व्यक्तिको साप्रा (तिघ्रा) बाट तीन किलोको ट्युमर निकालिएको छ । विगत पाँच वर्षदेखि बढ्दै गएको उक्त ट्युमरको गत शुक्रबार शल्यक्रिया गरी निकालिएको हो ।

कलेज अफ मेडिकल साईन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) का डा. नारायण बेलबासी नेतृत्वको चिकित्सक टोलीले ५९ वर्षीय ती पुरुषको साप्राबाट उक्त ट्युमर निकालेको हो । डा. निश्चित श्रेष्ठ, डा.विनय तिमिल्सिना, एनेस्थेसियोलोजिष्ट डा. राजेश यादव सहितको टोलीले सफल शल्यक्रिया गरेको हो ।

शल्यक्रियामा संलग्न डा. निश्चल श्रेष्ठका अनुसार उक्त पुरुषको देब्रे साप्रोमा ठुलो ट्युमर देखिएको थियो । आफूहरूले खुट्टामा यति ठुलो ट्युमरको शल्यक्रिया गरेको यो पहिलो घटना भएको श्रेष्ठले बताए । प्रारम्भिक जाँचमा बोसोको ट्युमर देखिएको उनले जानकारी दिए । यस्ता खाले ट्युमर बढ्दै गएपछि हेर्दा नराम्रो देखिने, दुख्दै जाने समस्या आउने उनको भनाई छ । बिरामीको अवस्था सुधार हुँदै गएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप