मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

मनाङ मर्स्याङ्दी तिलोत्तमा गोल्डकपको सेमिफाइनलमा

मङ्गलबार, ०७ चैत २०७९, १८ : ५४
मङ्गलबार, ०७ चैत २०७९

बुटवल । मनाङ मर्स्याङ्दी क्लब रुपन्देहीमा जारी तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश भएको छ ।

बुटवल–११ देवीनगरस्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा मंगलबार भएको खेलमा नेपाल पुलिस क्लबलाई २-१ गोलअन्तरले पराजित गर्दै मनाङ मर्स्याङ्दी क्लब अन्तिम चारमा स्थान बनाउन सफल भएको हो ।

सुरुवातीदेखि दबाबमा रहेको नेपाल पुलिसले एक गोल फर्काए पनि जितको लागि भने पर्याप्त हुन सकेन ।  

खेलमा मनाङ मर्स्याङ्दीका लागि प्रशन्न श्रेष्ठले खेलको ३२ औ मिनेटमा र चेतन कुमार थारुले पहिलो हापको एक्स्ट्रा टाइममा एक एक गोल गरेका थिए । 

नेपाल पुलिस क्लबका बुद्ध बल तामाङले एक गोल फर्काएका थिए। 

दुई विभागीयसहित ८ टिम सहभागी प्रतियोगिताको विजेताले ११ लाख ११ हजार एक सय ११ रुपैयाँ र उपविजेताले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्न आयोजकले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप