सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

राष्ट्रपति पौडेलद्वारा वनकालीमा वृक्षरोपण

बुधबार, ०८ चैत २०७९, ०९ : ५९
बुधबार, ०८ चैत २०७९

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले पशुपति क्षेत्रस्थित वनकालीमा वृक्षरोपण गरेका छन् । उनले वनकाली क्षेत्रमा आज नागचम्पा फूलको बिरुवा रोपण गरेका हुन् । 

वृक्षरोपण कार्यक्रमका आयोजक तथा वन मन्त्रालयका पूर्वसचिव युवराज भुसालका अनुसार पौराणिक हिसाबले आज नयाँ वर्ष परेकाले वनकाली क्षेत्रमा वृक्षरोपण कार्यक्रम आयोजना गरिएको हो । नाग देवताको पूजा नागचम्पा सेतो फूलले गरिने तथा नाग प्रशन्न हुने भएकाले आज राष्ट्रपति पौडेलद्वारा उक्त फूलको बिरुवा रोपण गरिएको उनको भनाइ छ । 

वनकाली क्षेत्र कृपालु क्षेत्र भएको र नागदेवता नागचम्पा फूलले पूजा गर्दा खुसी हुने भएकाले वृक्षरोपण गरिएको आयोजकले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप